होमपेज / समाज
जेठ ४,सल्यान
कोरोना भाईरस संक्रमणवाट वच्न स्थानीयले सरसफाई ध्यान दिन थालेका छन । घरायसी, वातावरणीय र सामुदायिक सरसफाइ तथा व्यक्तिगत आनीबाीमा सुधार गर्न थालेका छन्
शौचालय र शुद्ध खानेपानीको प्रयोगका साथै घर, गोठ, बाटो बस्तीमा फोहोर नगर्ने, फोहोरको सुरक्षित व्यस्थापन, व्यक्तिगत सरसफाइमा ध्यान दिने, सफार ताजा खानेकुराको उपभोग गर्न थालेका छन् ।
शारदा नगरपालिका ४ साहुटोलका गुमान सिह नेपालीले ब्यक्तिगत ,घरायसी र वातावरणीय सरसफाईसंगै कुनै काम गर्नु अघि र पछि सावुनपानीले हात धोएर गर्ने गरेको वताए । कोरोना भाईरसवाट वच्न पटक पटक सावुन पानीले हात धुने जानकारी पाए संगै गाउँमा अहिले सवैले सावुन पानीले हात धुने गरेको उनको भनाई छ ।
सिद्ध कुमाख वडा नम्वर १ वाँझकाडा की कृष्णा वुढाथोकीले गाउँ घरमा सरसफाईमा सवैको चासो वढेको वताइ । उनका अनुसार वालवालिका, जेष्ठ नागरिक लगायतले सवैले सावुन पानीको प्रयोग गरेर हात धुने, मास्क प्रयोग गर्ने गरेका छन ।
कुमाख गाउँपालिका ६ वडागाउँका कमला शर्माले आफुहरुले पहिले नै सावुन पानी प्रयोग गदै आएको भएपनि गाउँ घरमा भने अहिले सवैले सावुन पानी प्रयोग गरेर हात धुने गरेको बताइन । स्थानीय जनप्रतीनिधि र एफ.एम रेडियोले कोरोना भाईरसवाट वच्न पटक पटक हात धुन सन्देश प्रशारण गरेपछि अहिले गाउँघरमा सरसफाई पहिले भन्दा सुधार भएको पाइएको छ उनले बताइन ।
दैनिक मजदुरी गरेर परिवार पाल्ने परिवारलाई उपलव्ध गराएको राहत सामग्रीमा समेत सावुन अनिर्वाय रुपमा स्थानीय तहले उपलव्ध गराएका छन् । जसबाट स्थानीय बासिन्दाको हात धुने बानीको विकास समेत भएको छ ।
कालिमाटी गाउँपालिका अध्यक्ष दानवहादुर केसीले समुदाय स्तरमा नागरिकमा पहिले भन्दा अहिले सरसफाई प्रती चासो वढेको बताए । उनका अनुसार गाउँघरमा घरायसी, ब्यक्तिगत सरसफाई सावुन र पानी प्रयोग गरेर गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि अहिले सरसफाईमा सुधार आएको छ ।
शारदा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले गर्मीको मौसम सुरू भएसँगै स्वास्थ्य चौकीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप निकै बढ्ने क्रम भएपनि जारी बन्दाबन्दीका कारण वातावरणीय प्रदुषण कम हुँदा, मानिसहरुको आवतजावत हुने क्रम रोकिँदा र हात धुने बानीको विकासले सरुवा रोगको संक्रमणमा कमी आएको वताए ।सावुन पानीले हात धुने बानीको विकासले भाइरल ज्वरो लगायत सरुवा रोगका बिरामीको संख्या निकै न्यून अवस्थामा रहेको छ ।





.jpg)