ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको दार्मामा सहकारी मार्फत घर घरमा खाद्यन्न

नगद नहुनेले भत्ता कार्ड र सदस्यता कार्ड धितो राखेर पाउने

  सल्यान खबर डेस्क २०७७ जेठ १ गते बिहीबार १६:४२:४१ मा प्रकाशित

 जेठ १,२०७७  सल्यान 
सल्यानको दार्मा गाउँपालिकाले सहकारी मार्फत सहुलियत दरमा घर घरमै खाद्यन्न पुर्‍याएको छ । 


गाउँपालिकाका चार वटा सहकारी मार्फत छ वटा वडाका एक हजार नौ सय २७ घरधुरीमा सात सय ३२ क्विन्टल खाद्यन्न उपलब्ध गराएको छ  । गाउँपालिकाले सहकारी मार्फत खाद्यन्न वितरण गर्दा सस्तो मुल्यमा उपभोक्ताकै घर घरमा पुगेको छ ।


 सहकारीलाई खरिद मुल्यनमा तीन प्रतिशत मात्रै नाफा लिएर उपभोक्ताकै घर घरमा पुर्‍याउने सहमतिमा खरिद बिक्रीको अनुमति दिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । उनले भने ‘हामीले ४२ वटा सहकारीलाई दरखास्त दिन भनेका थियौं , जसमध्ये चार वटा साना किसान कृषि सहकारी संस्था तयार भए । उनीहरुको ढुवानी भाडा पालिकाले एकमुष्ट दिने छौं ।’ 


सहकारीबाट खाद्यन्न किन्न नगद नहुनेले भत्ता कार्ड धितो , सहकारी सदस्यले बचत धितो राखेर खाद्यन्न लिनसक्ने व्यवस्था मिलाइएको केसीले बताए । उनले भने ‘लकडाउनका कारण नगदको समस्या हुने देखेपछि सहकारीमा गएर भत्ता कार्ड र सहकारीको सदस्यले बचत धितो राखेर खाद्यन्न लिनसक्ने व्यवस्था गरेका छौं ।’  


हरेक टोलमा गठन गरिएका खोजी तथा निगरानी समूहले मागेको तथ्यांक लिने त्यसैको अधारमा सहकारीले खाद्यन्न पु¥याउने व्यवस्था गरेको भल्चौर साना किसान कृषि सहकारी संस्था का अध्यक्ष हरिकला मल्लले बताइन । दार्मा वडा न ३ र ४ मा एक सय ५२ क्विन्टल चामल, ६ क्विन्टल नुन, र साढे सात सय लिटर तेल वितरण गरिएको उनको भनाई छ । जसबाट चार सय ११ घरधुरी लाभान्वित भएको मल्ले बताइन । 


समुदायस्तरबाट सहमति भई वडाबाट सिफारिस भएका ३७ घरधुरी अति विपन्न परिवारलाई गाउँपालिकाले निःशुल्क राहत प्रदान गरेको छ । राहतका लागि निवेदन दिएका चार सय ८४ घर परिवारलाई समुदायलाई समुदायको सर्वसम्मत सहमति र वडाको सिफारिस आएसँगै वितरण गर्ने व्यवस्था गरेको अध्यक्ष केसीले बताए । 


अहिले १६ टन चामल लगायतका खाद्य सामाग्री मौज्जाद रहेको उनको भनाई छ । दार्मा गाउँपालिकामा तीन हजार ६ सय ३९ घरधुरी र २० हजार एक सय ६२ जनसंख्या रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top