ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनको अवधिमा १६ हजार बढी सल्यान भित्रिए

  सल्यान खबर डेस्क २०७७ बैशाख ३० गते मंगलबार १६:५७:२० मा प्रकाशित

वैशाख ३०,सल्यान 
कोरोना भाइरस (कोभिड १९)को सक्रंमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा सल्यानमा १६ हजार बढी सर्वसाधारण भित्रिएका छन् । 
चैत १ गतेदेखि हालसम्म १६ हजार ६८ जना सल्यान भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रोजगारी, अध्ययन तथा श्रमका लागि भारत, तेस्रो मुलुक र अन्तरजिल्लाबाट आएकाहरु रहेका छन् । 


सल्यानका स्थानीय तहहरु, मन्त्री र सांसदहरुको समन्वयमा लामो समयको लकडाउनका कारण विभिन्न जिल्लामा अलपत्र परेका नागरिकहरुको उद्दार गरी जिल्लामा भित्र्याइएको थियो । 
चैत १ गतेदेखी १२ हजार ७ सय ८१ जना पुरुष र ३ हजार २ सय ८७ जना जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । 
उनीहरु स्थानीय तहको समन्वयमा क्वारेनटाइन तथा होम क्वारेनटाइनमा बसी रहेको उनको भनाई छ । भारत तथा तेस्रो मुलुकबाट भन्दा धेरै अन्तरजिल्लाबाट आएका रहेका छन् । 


रोजगारीका लागि विभिन्न जिल्लामा पुगेका उनीहरु लकडाउनका कारण काम बन्द भएपछि सर्वसाधारण घर फर्किने गरेका थिए  । कर्णाली प्रदेशले पूर्ण रुपमा लकडाउनको घोषणा गरेपछि कोही पनि सल्यान नभित्रिएको उनको भनाई छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top