ट्रेण्डिङ

होमपेज / समाज

जंगली वन्यजन्तु बस्तीतिर पस्दै

  सल्यान खबर डेस्क २०७७ बैशाख २५ गते बिहीबार १४:४८:१६ मा प्रकाशित

वैशाख २५, सल्यान 
जंगलमा बासस्थानको अभाव, खडेरी, पानीको अभा लगायतका कारण वन्यजन्तु बस्ती तिर झर्न थालेका छन् । घाँस पानी, चोरी शिकारी, झाडीको अभाव लगायतका कारण वन्यजन्तु बस्तीतिर झर्न थालेका हुन । 


जंगलमा पानीका मुहान सुक्नु, बन्यजन्तुको वातावरण अनुसारको व्यवस्थापन नहुनु लगायतका कारण बस्तीतिर पस्न थालेको डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजन प्रमुख रमेश गिरीले बताए । 
पानीका मुहानबाट खानेपानी योजना बनाई बस्तीतिर पानी ल्याउने क्रम बढी रहेकाले जंगलमा पानीको अभाव भएको उनको भनाई छ । 


चोरी शिकारी, कुकुरले लखेट्ने, तथा जलवायु परिवर्तनका कारण वन्यजन्तु बस्तीतिर झर्ने गरेको गिरीले बताए । मृग, घोरल, हुडार र रतुवा लगायतका वन्यजन्तु बस्तीतिर झर्ने गरेका छन् । उनले भने ‘जंगल नजिकै बस्तीको विस्तार हुदै जानु तथा वनको अतिक्रमणका  कारण पनि यस प्रकारको समस्या आइरहेको छ ।’ 


चालु आर्थिक वर्षको हालसम्म १५ वटा वन्यजन्तुको उद्दार गरिएको निमित्त प्रमुख गिरीले बताए । ११ वटा घोरल, १ हुडार र ३ वटा रातेको उद्दार गरि उनीहरुलाई अनुकुल हुने वातावरणमा छोडिएको उनको भनाई छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top