ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु, पाँच घाइते

  सल्यान खबर डेस्क २०७७ बैशाख २३ गते मंगलबार १५:१०:२७ मा प्रकाशित

वैशाख २३, सल्यान 
सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्  । जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षिया हिमानी रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  


मंगलबार बिहान घरमा परेको चट्याङले गम्भिर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।


 चट्याङ लागेर कुमाख गाउँपालिका वडा न ३ का वडा सदस्य ३६ वर्षिय अतिराम राना,श्रीमती ३० वर्षिया दिपा राना, ८ वर्षिय छोरा यमराज राना, २६ वर्षिय टेक बहादुर राना र २३ वर्षिय रणसिहं राना रहेका छन । उनीहरुको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top