होमपेज / समाज
वैशाख २२, सल्यान
सल्यानको एक ओडारमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको बागचौर नगरपालिका ९ धामिढुंगा स्थित थारदुला नजिकैको ओडारमा शंकास्पद बस्तु फेला परेको हो ।
बालबालिकाहरुले चरा खोज्दै जानेक्रममा शंकास्पद बस्तु फेला परेका थिए ।
शंकास्पद बस्तु भेटिएको क्षेत्रलाई अहिले शिल गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शंकास्पद भनिएको बस्तु कति परिणाममा छ भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।
शंकास्पद बस्तु भनिएको विस्फोटक पदार्थ हो वा अन्य कुनै भनेर अहिले नेपाली सेनाको डिस्पोजल टोली हिडेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । नेपाली सेनाको टोली पुगेपछि मात्र वम हो वा होइन भनेर निर्यौल हुने उनको भनाई छ ।





.jpg)