ट्रेण्डिङ

होमपेज / समाज

कैलालीमा प्रहरी कार्यालयभित्रै प्रहरी जवान मृत भेटिए

  सल्यान खबर डेस्क २०७७ बैशाख १७ गते बुधबार १८:२१:३२ मा प्रकाशित

१७ वैशाख, कैलाली । कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत फेला परेका छन्। अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन् ।

कैलालीको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए . 

`राति ब्यारेकमा खाना खाएर सुतेका थिए । बिहान ३ बजे ड्युटीको लागि उठाउन जाँदा मृत फेला परे,´ प्रहरी प्रवक्ता बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय सुखडमा दरबन्दी भएका बोहरा विगत ५ महिनादेखि खिमडीमा खटिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top