होमपेज / समाज
वैशाख १६, सल्यान
सल्यानमा खेलाउदै गरेको बस्तु पड्किदा एक बालक घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका ४ शिवरथका ६ वर्षिय बालक बाबल पुन घाइते भएका हुन ।
घर भित्रबाट आगन खेलाउन ल्याएकोे बस्तु विस्फोट हुँदा बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते बालकको बाँके स्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)