होमपेज / समाज
वैशाख ११, सल्यान
रोजगारी तथा व्यवसायका लागि काठमाण्डौ लगायत विभिन्न जिल्ला पुगेका नागरिकहरुलाई सल्यान ल्याइएको छ । लकडाउनका कारण घर जना नपाएका एक हजार दुई सय बढी नागरिकहरुको उद्दार गरी सल्यान ल्याइएको हो ।
काठमाण्डौमा बस्दै आइरहेका युवाहरु र सांसदहरुको पहलमा काठमाण्डौ, झक्तपुर, ललितपुर, दोलखा, तनहुँ, पोखरामा अलपत्र परेका नागरिकहरु सल्यान फर्किएका हुन ।
सबैभन्दा धेरै एक हजार बढीलाई भक्तपुरका विभिन्न इट्टाभट्टाबाट उद्दार गरिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । भक्तपुरबाट एक हजार, दोलखाको भिमेश्वरबाट ४४ जना,तनहुँबाट २२, पोखराबाट ४० र काठमाण्डौ ललितपुरबाट एक सय भन्दा बढीको उद्दार गरी सल्यान ल्याइएको छ ।
भक्तपुरका इट्टा भट्टा लगायत देशका बिभिन्न स्थानमा काममा गएका श्रमिक मजदुरहरु खाना, बिरामी समेतका समस्याबाट पिडित भएपछी मानबिय सेवाको भावनाले हामीले सहयोग र सहजीकरण गरेका हौं उनले भने । उनले भने यसमा हाम्रो कुनै स्वार्थ छैन, अलपत्र परेर बिचल्लीमा परेका नागरिकको सम्बेदनशिलतामा कसैले राजनीति गर्नू हुदैन । कतिपयबाट अनेकौ अनर्गल प्रचार र भ्रम सिर्जना गर्ने काम भएकोमा मलाई दुख लागेको छ, यस्ता भ्रमको पछि नलाग्न सबैमा अनुरोध छ ।
सबै मिलेर पिडामा परेकाको उद्धार र सहयोग गरौ अनि गाँउमा पुगेकाहरुलाई क्वारेन्टाइनमा राख्ने र उहाँहरुको ब्यबस्थापन गर्ने काममा सबैले सहकार्य गरौं भन्ने अपिल गर्दछु उनले भने ।
संस्थागत र एकद्धार प्रणालीबाटी अलपत्र नागरिकको उद्दार नगरिए पनि विभिन्न पक्षको पहलमा अलपत्र नागरिकको उद्दार गरिएको युवा नेता तिलकराज भण्डारीले बताए । उद्दार गरिएका सल्यानका मात्र नभएर छिमेकी जिल्ला रुकुम, जाजरकोटसम्मका रहेका उनको भनाई छ ।
घर फर्किएका सबैलाई क्वारेनटाइन, सामुदायिक क्वारेनटाइन र होम क्वारेनटाइनमा राखिएको छ । जिल्लाको दशवटै स्थानीय तहहरुले भारत, तथा अन्तरजिल्लाबाट आएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने, तथा क्वारेनटाइनमा राख्ने काम गर्दै आइरहेका छन् । कामको शिलशिलामा विभिन्न जिल्लाबाट घर फर्किएका व्यक्तिहरुलाई क्वारेनटाइनमा राखी रहेको शारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारीले बताए ।





.jpg)