ट्रेण्डिङ

होमपेज / समाज

भारतमा अलपत्र नेपालीको पिडा: रोगले भन्दा भोकले मर्ने चिन्ता

सल्यानका तीन पालिकाका सात हजार बढी अलपत्र

  सल्यान खबर डेस्क २०७७ बैशाख १० गते बुधबार १५:०७:११ मा प्रकाशित

वैशाख १०,२०७७ सल्यान 
कोरोना भाइरसको संक्रमण रोकथामका लागि  भारत र नेपाल सरकारले लकडाउन गरेपछि रोजगारीका लागि पुगेका सयौं नेपाली अलपत्र परेका छन् । 
भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आइरहेका नेपालीहरु लकडाउनमा परेपछि अलपत्र परेका हुन । 


आफूहरुलाई स्वदेश फकिर्ने वातावरण बनाइदिन उनीहरुले नेपाल सरकारसँग आग्रह गरेका छन् । कोरोना भाइरसको रोगले भन्दा भोकले मर्ने अवस्था आएकाले छिटो उद्दार गर्न उत्तरा खण्डमा रहेका दार्मा गाउँपालिकाका रिदेश खड्काले बताए । 


भारतको उत्तराखण्डमा अलपत्र परेको भन्दै रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै उद्दार गर्न आग्रह गरेका छन् । 
मार्च २२ तारेखदेखि भारतले लकडाउनको घोषणा गरेपछि सबै काम बन्द भएको र काम गरेको पैसा पनि सकिने थालेको दिपक ओलीले बताए  ।  विगत ३० दिनदेखी खान मुस्किलले पाइरहेको बताए । 


खानेकुरा सकिन थालेको र साँघुरो कोठामा सुत्ने ठाउँसमेत नपुग्दा कष्टकर बन्दै गएको  जीवन खड्काको भनाई छ । बाहिर निस्कनै सकिदैन प्रहरीले लखेट्छ । हामी रोगले भन्दा भोकले मर्ने भयौं खड्काले बताए । 


दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीका अनुसार दार्मा गाउँपालिकाका १ हजार ६ सय, कुमाख गाउँपालिकाका २ हजार १ सय र बागचौर नगरपालिकाका ३ हजार ४ सय नेपाली अलपत्र परेका छन् । 


भारतमा अलपत्र परेका नेपालीहरुको उद्दारका लागि नेपाल सरकारले ठोस कदम चाल्नु पर्ने दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताए । यस समस्यालाई संवेदनशी ढंगले ठोस पहलकदमी लिन संघीय सरकारलाई आग्रह गर्छु उनले भने । संकटको घटीमा पार्टी र सत्ताको भन्दा देश र जनातको चिन्ता गरौं भन्दै अध्यक्ष केसीले विश्व संकटको सबैले मिलेर सामाना गरौं भनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top