ट्रेण्डिङ

होमपेज / समाज

मन्त्री ज्वालाको पहलमा भक्तपुरबाट सल्यानका चार सय मजदुरको उद्दार

  सल्यान खबर डेस्क २०७७ बैशाख ९ गते मंगलबार १२:३०:४१ मा प्रकाशित

वैशाख ९, सल्यान 
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा भक्तपुरको ईट्टाभट्टामा काम गर्ने सल्यानका ४ सय २३ मजदुरको उद्दार भएको छ ।
 लकडाउनका कारण खान बस्नको लागी समस्यामा परेका सल्यानका ४ सय २३ जना मजदुरहरुकोर उद्धार गरिएको हो ।
खान बस्नको समस्या भएको खबर पाएपछि बिभिन्न प्रक्रिया पुरा गरेर भक्तपुरबाट ४ सय २३ मजदुरको उद्दार गरिएको मन्त्री ज्वालाले बताए । ‘भक्तपुरको ईट्टाभट्टामा काम गर्ने मजदुरहरुको उद्धार गरेर गएराती १२ बजे ७ वटा गाडीमा सल्यान पठाएका छौँ ।’ उनले भने,‘मंगलबार पनि बाँकी रहेका ४ सय मजदुरलाई सल्यान पठाउने तयारी भैरकेको छ’। 
यस्तै दोलखाको भिमेश्वरबाट २२, तनहुँबाट पनि २२ जनाको उद्दार गरिएको छ । 
मजदुरहरुको उद्दारका लागि अर्थमन्त्री प्रकाश ज्वाला, नेकपा नेताहरु उदयबहादुर बोहरा, युवा नेता रमेश मल्ल, लक्ष्मण केसी, तिलक भण्डारी, वीरबहादुर राउत, ब्यवसायी होम डाँगी र पत्रकार जीवन बिसीको पहल गरेका थिए ।
बिभिन्न जिल्लामा रहेका मजदुरहरुको पनि उद्धारको लागी प्रयास भैरहेको बताए ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top