ट्रेण्डिङ

होमपेज / समाज

भक्तपुर, दोलखा, र तनहुँबाट सल्यानका सयौं मजदुरको उद्दार

  सल्यान खबर डेस्क २०७७ बैशाख ९ गते मंगलबार ०९:१३:१९ मा प्रकाशित

 वैशाख ९, सल्यान 
रोजगारीको शिललिलामा झक्तपुर, काठमाण्डौ, दोलखा र तनहुँमा अलपत्र परेका सल्यानका मजदुरको उद्दार गरिएको छ । काठमाण्डौमा बस्दै आइरहेका युवाहरुको पहलमा अलपत्र मजदुरलाई गाडीको व्यवस्था गरी जिल्ला पठाइएको हो । 
कोरोना संक्रमण रोक्नका लागि जारी बन्दा बन्दीले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरु अलपत्र परेपछि उनीहरुलाई घर पठाइएको युवा नेता तिलकराज भण्डारीले बताए ।
 लकडाउन लम्बिदै जाँदा दैनिक ज्यालादारी गर्ने मजदुरहरु अलपत्र परेपछि सांसद, प्रशासन र स्थानीय तहसँँग समन्वय गरी ८ वटा गाडीमा  झन्डै २ सय ८० बढीलाई घर पठाइएको उनको भनाई छ । 
उद्दार गरिएका अधिकांश झक्तपुर स्थित विभिन्न इट्टाभट्टामा काम गर्ने रहेका छन् । भक्तपुरबाट पाँच वटा गाडी, दोलखाको भिमेश्वरबाट एक र लमजुङबाट हिडेर तनहुँमा अलपत्र परेका २२ जनालाई उद्दार गरिएको उनको भनाई छ । 


उद्दार गरिएका मजदुरहरुलाई स्थानीय तहले निमार्ण गरेका क्वारेनटाइनमा राख्ने तयारी गरिएको छ । 
अन्य अलपत्र मजदुरहरुलाई पनि गृह जिल्ला पठाउन तयारी तथा समन्वय भइरहेको भण्डारीको भनाई छ । भक्तपुरमा मात्रै विभिन्न इट्टाभट्टामा ६ सय बढीेले काम गर्दै आइरहेका थिए ।  


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top