ट्रेण्डिङ

होमपेज / समाज

काठमाडाैंका इँटाभट्टामा कार्यरत सल्यानका ६ सयभन्दा बढी मजदुर अलपत्र

  सल्यान खबर डेस्क २०७७ बैशाख ७ गते आइतबार १४:१४:०६ मा प्रकाशित

बैशाख ७, २०७७ सल्यान :

 रोजगारीको सिललिलाममा काठमाडौंका विभिन्न इँट्टाभट्टामा काम गर्ने सल्यानका ६ सय बढी मजदुर अलपत्र परेका छन्। 

रोजगारी खोज्दै काठमाडौं पुगेका उनीहरु तीन साता लामो लकडाउनका कारण र इँट्टाभट्टा बन्द भएपछि अलपत्र परेका हुन्।  जोहो गरेको खाद्यान्न सकिएपछि घर फर्किनुपर्ने भए पनि जान नसकिएको बनगाड कुपिण्डे नगरपालिकाका सुरेश बुढामगरले बताए। 

सरस्वती एच इँट्टाभट्टामा काम गर्दै आएका बुढामगरले आफूसँगै ६ सय बढी सल्यानका मानिस रहेको बताए। उनले भने, ‘हामीमध्ये १ सय २० जना जना पूर्ण रुपमा समस्यामा परेका छौं, यहाँ बसेर भोकभोकै मर्नुभन्दा घर जाने वातारण मिलाइदिनुपर्‍यो।’  उनीहरुसँग साना बालबालिका भएकाले हिँडेर जिल्ला जान थप समस्या भएको शारदा नगरपालिका १५ की लीलादेवी कुँवरले बताइन्। 

उनीहरुले घर फर्कने वातावरण मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन्। ‘उद्योग बन्द भएपछि हामीलाई खान बस्न समस्या भयो, हामी घर फर्कन चाहन्छौं,’ कुँवरले भनिन्। बरु जिल्ला फर्किएर क्वारेनटाइनमा बस्न आफूहरु तयार रहको उनले बताइन्। 


नगरपालिकाले राहत नदिएको गुनासो

काम बन्द भएपछि राहतका लागि चाँगुनारायण नगरपालिकामा जाँदा राहत दिन नसकिने भन्दै रित्तो हात फर्काइदिएको मजदुर आइते पुनले बताए।

नगरपालिकाले विवरण त लियो तर अन्तिममा यति धेरैलाई राहत दिन सक्दैनौं भनी पन्छिएको उनले गुनासो गरे। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top