होमपेज / समाज
वैशाख १, सल्यान
सल्यानमा कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) सुरु गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट जिल्लाका आएकाहरुमा कोरोनाको सक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा भारत र तेस्रो देशबाट आउकाहरुमा र्यापिड टेष्ट सुरु गरिएको हो ।
स्थानीय तहले निमाण गरेका क्वारेनटाइनमा बसी रहेका व्यक्तिहरुकोर्यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।
स्थानीय तहले निमार्ण गरेका क्वारेनटाइनमा बसेकाहरुमा स्वास्थ्य समस्या नदेखि पनि सम्भावित जोखिमलाई आकलन गरी ढुक्क हुन र्यापिड टेष्ट गरिने उनको भनाई छ । उनल भने क्वारेनटाइनमा १४ दिनको अवधि पुरा गरी घर फर्फाउनु भन्दा अघि ¥यापिड टेष्ट गरिन्छ । र्यापिड टेष्टमा पोजेटिभ देखिए आइसोलेसनमा राखी स्वाब परीक्षण गरिने उनको भनाई छ ।
र्यापिड टेष्टबाटै कालिमाटी गाउँपालिका ७ घुइयाबारीमा बसी रहेका १४, शारदा नगरपाकिला २ लुहापिङ्गमा १ र सल्यान जिल्ला अस्पतालमा २ जनाको परीक्षण गरिएको छ । परीक्षणमा सबैको रिर्पोट नेगेटिभ देखिएको कार्यालयले जनाएको छ । र्यापिड टेष्टबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरैजनाको परीक्षण गर्न सकिनेछ
भारत लगायत तेस्रो मुलुकबाट जिल्ला फर्किएका व्यक्तिहरुको कोरोना भाइरस (कोभिड १९) संक्रमणको परीक्षण गर्न छ सय २० आएडिटी किट उपलब्ध भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
कोभिड १९ को शंस्कापद ४३ जनाको स्वाब परीक्षण गरिएकोमा ३ जनाको रिपोएट नेगेटिभ आएको छ भने बाँकी ४० जनाको रिर्पोट आउन बाँकी रहेको छ ।





.jpg)