होमपेज / समाज
भदौ १०,सल्यान
रसुवाको भोटेकोशीमा आएको बाढीमा परी सल्यानका २५ जना सम्पर्क बिहिन भएका छन् । रोजगारीको सिलसिलमा रसुवाका विभिन्न स्थानमा काम गर्ने २५ जना वेपत्ता बिहिन भएका हुन् ।
सम्पर्क बिहिन हुनेमा सबै भन्दा धेरै बनगाड कुपिण्डे नगरपालिका वडा ६ का रहेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का वडाध्यक्ष गणेश बहादुर बुढाक्षेत्रका अनुसार अन्दाजी २४ वर्षीय गगन बस्नेत, ३ वर्षीय जितेन्द्र पुन, ३५ वर्षीया पवित्रा राना पुन, ३६ वर्षीय चित्र बहादुर पुन, ५ वर्षीया दिपिका यरी, २८ वर्षीया विना यरी, १२ वर्षीय केशव बुढाथोकी, १४ वर्षीय निराजन बुढाथोकी, १६ वर्षीया निर्मला बुढाथोकी, १८ वर्षीयाा डिला बुढाथोकी, ३५ वर्षीया सुनिता बुढाथोकी रहेका छन् । यस्तै त्रिवेणी गाउँपालिकाका प्रेम महतरा, पोषण महतरा, रुपलाल वि.क, निम बहादुर विक, लाल सिं वि.क र प्रकाश विक सम्र्पक विहिन भएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।
बागचौर नगरपालिका १० पिपलनेटाका प्लान्ट क्वारेन्टाइन टिमुरेमा कार्यरत आयुष खड्का र बागचौर नगरपालिका ८गैरागाउँका ३८ वर्षीया प्रमिला बुढाथोकी सम्पर्कमा आउन नसकेको प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर भट्टराईले जानकारी दिनु भयो ।
यस्तै कुमाख गाउँपालिका ३ गुरुदासेका ६ जना वेपत्ता भएका छन् मजदुरीका लागि रसुवा गएका कुमाख गाउँपालिका ३का अन्दाजी ६० वर्षीय दुर्गा बहादुर राना, ४३ वर्षीय निम प्रकाश राना, ४० वर्षीय गणेश राना, २५ वर्षीय नविन राना, ५५ वर्षीय झ्यासे राना, २७ वर्षीय नन्दराम राना, २४ वर्षीय चित्र बहादुर राना वेपत्ता भएको कुमाख गाउँपालिका का.वा अध्यक्ष लाल बहादुर रावतले जानकारी दिनु भयो ।
बाढीमा परी बनगाड कुपिण्डे नगरपालिकाका ३६ वर्षीय गिरिराज बुढाथोकी र २९ वर्षीय ढाकविर यरी घाइते भएका छन् । घाइतेको काठमाण्डौमा उपचार भइरहेको छ ।
शारदा नगरपालिका १३ सल्लेरीका पाँच जना पनि वेपत्ता भएका छन् । ४४ वषीय रिम रिम बहादुर बुढाथोकी, ३९ वर्षीय रिता बुढाथोकी, ३२ वर्षीय पर्मिला बुढाथोकी, २८ वर्षीय लक्ष्मी बुढाथोकी र १७ वर्षीय प्रविन बुढाथोकी वेपत्ता भएको शारदा नगरपालिका १३ का वडाध्यक्ष जंग बहादुर बुढामगरले जानकारी दिनु भयो । यस्तै सिद्ध कुमाख गाउँपालिका ४ का ३२ वर्षीय हिरालाल घर्ती पनि वेपत्ता भएका छन् ।
मजदुरीका क्रममा रसुवामा के कति छन् भनेर तथ्यांंक संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । स्थानीय तहसँग समन्वय गरेर रसुवा पुगेका व्यक्तिाहरुको यथार्थ विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले जानकारी दिनु भयो ।









.jpg)