ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका २३५ शय्या क्षमताको क्वारेन्टाइनमा ३१ जना

  सल्यान खबर डेस्क २०७६ चैत्र २९ गते शनिबार १४:५५:२३ मा प्रकाशित

चैत २९, सल्यान 
कोरोना भाइरसको संक्रमण फैलन नदिन सल्यानका आठ स्थानीय तहले २ सय ३५ वेड क्षामताको क्वारेनटाइन तयार गरेका छन्  । रोजगारीका लागि भारत लगायत अन्य तेस्रो मुलुकमा गएका र अन्तर जिल्लाबाट ९ सय १९ घर फर्किएका छन् । 


विदेशबाट आएका र अन्तर जिल्लाबाट गाउँमा तयार पारिएको क्वारेनटाइनमा बस्न नमान्दा अधिकांस क्वारेनटाइन रित्तै छन् । 


शारदा नगरपालिकामा १ सय ४ जना विभिन्न स्थानबाट आएको तथ्यांक छ । तर त्रिभुवन माध्यमिक विद्यालयमा तयारी पारिएको २० वेडको क्वारेनटाइनमा सात जना मात्र बसी रहेका छन् । क्वारेनटाइनमा आएर बस्न आग्रह गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । 


कालिमाटी गाउँपालिकामा ८० वेडको क्वारेनटाइनमा १४ जना मात्र बसी रहेका छन् । मजदुरीका लागि अन्तरजिल्ला गएका धेरै भएकाले उनीहरु क्वारेनटाइनमा नआएको गाउँपालिका अध्यक्ष दान बहादुर खत्री केसीले बताए । विदेशबाट आएका १४ जना क्वारेनटाइनमा बसी रहेका छन् बाँकी नेपालकै विभिन्न जिल्लामा पुगेका व्यक्तिहरु छन् जुन होम क्वारेनटाइनमा बसी रहेका छन् । 


 साविकका चार गाविस लक्ष्मिपुर, कालिमाटी रामपुर, काल्चे कालिमाटी र काप्रेचौरमा २०/२० वेडको क्वारेनटाइन निमार्ण गरिएको उनको भनाई छ । क्वारेनटाइनमा कोही नआए पनि अत्यावश्यक स्वास्थ्य सामाग्री रेडी तयार पारिएको उनको भनाई छ । 

यस्तै छत्रेश्वरी गाउँपालिकाले तयार पारको ४३ वेड मध्ये ६मात्र जना बसी रहेका छन । लक्ष्मी माध्यमिक विद्यालय जयचौरमा निमार्ण गरिएको क्वारेनटाइनमा पाँच  जना  र भोटेचौरमा १ जना बसी रहेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । 
यस्तै सल्यान जिल्ला अस्पतालमा चार जना बसी रहेका छन् । १५ वार्डको क्वारेनटाइनमा चार जना मात्र बसी रहेको अस्पतालले जनाएको छ । 

२ सय ३५ क्वारेनटाइन वेडमा ३१ जनामात्र 
जिल्लामा स्थापना गरिएका दुई सय ३५ क्वारेनटाइन मध्ये ३१ जना मात्र क्वारेनटाइनमा बसी रहेका छन् । शारदा नगरपालिकामा ७, कालिमाटी गाउँपालिकामा १४, छत्रेश्वरी गाउँपालिकामा ६ र सल्यान जिल्ला अस्पतालमा ४ जना बसी रहेका छन् । 


 शारदा नगरपालिकामा २०, बनगाड कुपिण्डे नगरपालिकामा २०, छत्रेश्वरी गाउँपालिकामा ४३, कालिमाटी गाउँपालिकामा ८०, कुमाख गाउँपालिकामा २०, सिद्ध कुमाख गाउँपालिकामा २५ वेडको क्वारेनटाइन तयार पारिएको छ । बागचौर नगरपालिकाले २५ वेडको क्वारेनटाइन र ५ आइसोलेसन तयार गर्दै छ । 
सल्यान जिल्ला अस्पतालमा २५ वेडको क्वारेनटाइन र छ वेडको आइसोलेसन तयार गरेको छ । 

१४ जना क्वारेनटाइनबाट घर फर्किए 
भारत लगायतका विभिन्न मुलुकबाट आएका १४ जना क्वारेनटाइनबाट घर फर्किएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाले क्वारेनटाइनमा रहेका १४ जनालाई घर फर्काएको हो । राधेश्याम माध्यमिक विद्यालयमा १० र जनज्योति माध्यमिक विद्यालय काभ्रामा राखिएका ४ जनालाई घर फर्काइएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top