ट्रेण्डिङ

होमपेज / समाज

छत्रेश्वरीमा राहत वितरण गर्न जनप्रतिनिधि र राजनीतिक दल सम्मिलित सयन्त्र गठन

  सल्यान खबर डेस्क २०७६ चैत्र २७ गते बिहीबार २०:०४:४६ मा प्रकाशित

चैत २७, सल्यान 
         जिल्लाको छत्रेश्वरी गाउँपालिकाले लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका व्यक्ति छनौट गर्न जनप्रतिनिधि, राजनीतिक दल सम्मिलित संयन्त्र गठन गरिएको छ । 


विपन्न वर्गहरुको छनौट र वितरण गर्न जनप्रतिनिधि र राजनीतिक दलको संयन्त्र गठन गरिएको हो । 
वडाका जनप्रतिनिधि र गाउँपालिकाका क्रियाशिल राजनीतिक दल, नेकपा, नेपाली काँग्रेस र राप्रपा सहितका २ २ जना प्रतिनिधि रहने गरी संयन्त्र गठन गरिएको गाउँपाकिाले जनाएको छ ।

संयन्त्रले वडाका टोलटोलमा गएर संकलन गरेको विवरणलाई अध्ययन गरेर आईतबारदेखि राहत बितरण कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।  विश्वभर फैलिएको कारोना भाइरसको संक्रमणको समयमा सहयोग गर्न तत्परता देखाउने राजनीतिक दलहरुलाई धन्यवाद समेत केसीले दिएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top