ट्रेण्डिङ

होमपेज / समाज

सल्यान बनगाडमा  युवाहरूद्वारा यात्रु प्रतीक्षालय निर्माण

  इन्द्र बुढाथोकी २०८२ माघ १७ गते शनिबार २०:१४:१२ मा प्रकाशित

 इन्द्र बुढाथोकी सल्यान ,१७ माघ। 

सल्यान  बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ को डुडाखोलाको कुवा खोला नजिकै यात्रु  प्रतीक्षालय निर्माण गरिएको छ। स्वदेश तथा विदेशमा रहने युवा समूहको जनश्रमदान तथा आर्थिक सहयोगमा प्रतीक्षालय निर्माण कार्य सम्पन्न भएको छ । 

युवा मानबहादुर बिसीले दिएको जानकारी अनुसार विदेश तथा नेपालमा रहने युवाहरूको समूहले करिब १ लाख ५० हजार बराबरको आर्थिक सहयोगमा सो यात्रु प्रतीक्षालयको काम सम्पन्न भई विधिवत् रूपमा आज उद्घाटन गरिएको छ । ९२ बर्सिया जेष्ट नागरिक टोपबहादुर बुढा, ६ नम्बर वडा अध्यक्ष गणेश बिसीले संयुक्त रूपमा रिबन काटेर प्रतीक्षालयको उद्घाटन गरेको जनाएको छ । सल्लीबजार चौरजहारी सडक खण्ड अन्तर्गत डुडाखोलामा निर्माण गरिएको प्रतीक्षालयले

यात्रु, विद्यार्थी र स्थानीयका लागि  फलदायी हुने उद्देश्य निर्माण गरिएको जनाएको छ । विकासको लागि सधैँ राज्यको मुख ताक्नु भन्दा युवाहरू मिलेमा केही राम्रा राम्रा काम गर्न सकिने युवाहरूले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top