होमपेज / समाज
इन्द्र बुढाथोकी पुष १५,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका २ बेतेनिका जनकराज रानाले सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ मा रहेका ४ वटा विद्यालयका २८१ जना विद्यार्थी र २२ जना अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नु भएको छ । हाल अमेरिका बस्दै आउनु भएका रानाले२८१ विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नु भएको हो ।
श्री आधारभूत विद्यालय लाहाघाटका ८९ जना, श्री जनकल्याण प्रावी राइराका २८ जना, श्री बासुका प्रावी बेतेनीका २९ जना, श्री भगवती प्रावी बाहुनगाउँका १० जना, सामुदायिक बालविकास कारागाउ ११ जना, श्री आधारभूत विद्यार्थी बनगाड कुपिण्डे नगरपालिका १० थापाचौर ८९ जना र जनता प्राथमिक विद्यालय डोप्केमा ३३ जना विद्यार्थी र शिक्षक कर्मचारी गरेर ३२ जनालाई टोपी र विभिन्न गाउँ अति विपन्न तथा अशक्त भएका व्यक्तिहरु राइरा ६ जना र लाहाघाटका ११ जना, भर्सिल २ जना, बेतेनी २ जना, कारागाउ १ जना सहित सबै जनालाई न्यानो कपडा वितरण गरिएको छ ।
समुदायप्रति निरन्तर सेवा भावना राख्दै आएका रानाले जाडो मौसममा विद्यार्थीहरूलाई सहज रूपमा विद्यालय आउन–जान तथा अध्ययन–अध्यापनमा सहभागिता बढोस भन्ने उद्देश्यले न्यानो कपडा सहयोग प्रदान गर्नुभएको बताइएको छ । समाजमा मिलेर बनाउन पर्ने सबै कुरा राज्य सरकारको मुख ताक्नु भन्दा अरुको कुरा काटेर हिड्ने नेपाली बानीलाई थप आफुले पनि केही गरेर समाज सुधार गर्न सकिन्छ भन्ने आफ्नो सोच रहेको बताएका छन । यसरी सक्ने सबैलाई समाज रुपान्तरणको लाग्न समेत अनुरोध गरेका छन । राना १८ बर्ष सम्म नेपाली सेनाको सुवेदार हुँदै पेन्सन रिटायट भएपछि अहिले बिगत ५ वर्ष देखि अमेरिकामा बस्दै आएका छन । अझै थप केही विद्यालयमा सहयोग गर्ने समेत उनले बताएका छन ।





.jpg)