होमपेज / समाज
चैत २५, सल्यान
सल्यानको शारदा नागरपालिका वडा नम्बर ७ का विपन्न परिवाहरुलाई खाद्यन्न वितरण गरिएको छ ।
वडाका ४५ जना विपन्न र ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने समुदायलाई राहत वितरण गरेको वडा अध्यक्ष लिला बहचादुर रोकाले बताए । वडाबाट संकलन गरिएको गरिब, विपन्न, एकल महिला, जेष्ठ नागरिक, दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने व्यक्तिलाई राहत वितरण गरिएको उनले बताए ।
कोरोना भाइरस संक्रमण फैलिन नपाओस भनेर सरकारले लकडाउन गरेको छ । यस्तो अवस्थामा ज्याला मजदुरी गरेर छाक टार्दै आइरहेका समुदायलाई भोकै बस्न नपरोस भनी राहत वितरण गरिएकोउनको भनाई छ । खाद्यन्नमा दाल, चामल, नुन, तेल र साबुन बितरण गरिएको रोकाले बताए ।





.jpg)