होमपेज / समाज
चैत २५, सल्यान
कैलालीका कोरोना संक्रममित व्यक्तिसँग आएका सल्यानका एक जनालाई व्वारेनटाइनमा राखिएको छ । कैलालीको गौरीफन्टा नाका हुदै नेपाल आएका सल्यानका एक जनालाई सल्यान जिल्ला अस्पतालको क्वारेनटाइनमा राखिएको हो ।
जिल्लाको बागचौर नगरपालिका का २१ वर्षिय युवा र दार्मा गाउँपालिकाका एक युवालाइ क्वारेनटाइनमा राखिएको हो । बागचौर नगरपालिकाका युवाका आमाबुवालाई समेत क्वारेनटाइनमा राखिएको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
क्वारेनटाइनमा राखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. अर्जुन बुढाले बताए । कैलालीबाट आएका व्यक्ति छानविन गर्ने क्रममा भेटिएका दुवैजनालाई सोमबार बेलुका नै क्वारनेटाइनमा राखिएको थियो ।
चार जनाको स्वाब परीक्षण गरिदै
यस्तै भारतबाट आएका चार जनाको आज स्वाब परीक्षण गरिदैछ । जिल्लाका अस्पतालमा रहेका दुई जना, शारदा नगरपालिका को त्रिभुवन जन माध्यमिक विद्यालयका बसी रहेका एक जना र त्रिवेणी गाउँपालिकामा एक जनाको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । स्वाब परीक्षणका लागि सुर्खेतबाट टोली आउदै गरेको डा. बुढाले बताए ।
गौरीफन्टा नाका बाट नै आएका सल्यानको शारदा नगरपालिका ८ का अर्का ब्यक्ती भने बर्दियाको बढैयातालमा रहेको क्वारेनटाइनमा रहेको जनाइएको छ ।
यसअघि सल्यानमा कोरोना भाइरस संक्रमणको आशंकामा सल्यानका तीन जनाको नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।





.jpg)