होमपेज / समाज
चैत २४,सल्यान
भारत लगायतका विभिन्न मुलुकबाट आएका १४ जना क्वारेनटाइनबाट घर फर्किएका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिकाले क्वारेनटाइनमा रहेका १४ जनालाई घर फर्काएको हो । राधेश्याम माध्यमिक विद्यालयमा १० र जनज्योति माध्यमिक विद्यालय काभ्रामा राखिएका ४ जनालाई घर फर्काइएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
उनीहरुको स्वास्थ्य परीक्षण सामान्य देखिएकाले घर पठाइएको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिए । १५ दिनसम्म क्वारेनटाइनमा राखी स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या नदेखिए पछि उनीलाई घर पठाइएको उनको भनाई छ ।
त्रिवेणी गाउँपालिकामा भारत लगायत अन्य देशबाट २२ जना स्वदेश फर्किएका थिएन । स्वदेश फर्किएका २२ जना मध्य १४ जना क्वारेनटाइनमा बसेको र बाँकी होम क्वारेनटाइनमा बसेको श्रेष्ठको भनाई रहेको छ । उनले भने कोरोना संक्रमण् देखिने अवधि दुईसाता रहेकाले सो भन्दा बढी दिन भइसकेकोर स्वास्थ्यमा समस्या नआएकाले उनीलाई घर पठाइएको हो । क्वारेनटाइनमा रहेका र क्वारेनटाइनमा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको श्रेष्ठले बताए ।





.jpg)