ट्रेण्डिङ

होमपेज / समाज

जन्मजात दृष्टिविहिन दाजुभाईलाई विदेशबाट सहयोग

  सल्यान खबर डेस्क २०७६ चैत्र २४ गते सोमबार १३:१६:५९ मा प्रकाशित

चैत २४, सल्यान 
जन्मजात दृष्टिविहिन दुई दाजुभाईलाई विदेशबाट एक जनाले सहयोग गरेका छन् । 


जिल्लाको शारदा नगरपालिका १२ डाँग्रीका दृष्टिविहिन दाजुभार्य कर्ण बहादुर सुनार र रुद्र बहादुर सुनारलार्य मलेसियामा कार्यरत रानेन्द्र बहादुर नेपालीले सहयोग गरेका हुन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल सरकारले लकडाउन गरेपछि दैनिक जिविकोपार्जन गर्न समेत समस्या भएपछि सहयोग गरेको उनको भनाई छ । 
स्थानीय समाजसेवी मेघराज बस्नेतको पहलमा ५० किलो चामल, चार किलो दाल, चार लिटर तेल, दुई किलो नुन , दुई किलो चिनी र ५० पिस चाउचाउ प्रदान गरिएको पोषण परियारले जानकारी दिए ।  शारिरिक रुपमा अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई सहयोग निरन्तर गरी राख्ने र अन्य व्यक्तिहरुलाई पनि सहयोग गर्न उनले आग्रह गरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top