ट्रेण्डिङ

होमपेज / समाज

मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार शर्माद्धारा स्वास्थ्य सामाग्री प्रदान

  सल्यान खबर डेस्क २०७६ चैत्र २१ गते शुक्रबार १८:४५:२१ मा प्रकाशित

चैत २१, सल्यान 
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री  प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । 
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै कर्णाली प्रदेश, ज्वाला र शर्माको व्यक्तिगत लगानीमा सल्यानका दुई स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । 
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा पीपिई १० सेट, सर्जिकल मास्क दुई हजार थान, र सिटामोल लगायतको एक कार्टुन औषधी हस्तान्तरण गरिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले जानकारी दिए ।


 यस्तै कुमाख गाऊँपालिकामा १० सेट पीपिई, एक हजार पाँच सय सर्जिकल मास्क, र सिटामोल सहितको एक काटुर्न औषधी बिहिबार हस्तान्तरण गरिएको  छ । 
अन्य पालिका र स्वास्थ्य संस्थाहरुमा प्रदेश सरकार र आफ्नो तर्फबाट क्रमिक रुपमा स्वास्थ्य सामाग्री र औषधी उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top