होमपेज / समाज
जेठ १८,सल्यान
सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो कपुरकोट तुलसीपुर भित्रि सडकखण्ड अन्तरर्गत कपुरकोट गाउँपालिका ३ ढैरेनिमा ग १ ज ५७४२ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी रोल्पा गंगादेव गाउँपाकिला २ की २८ वर्षीया संगिता वली, २७ वर्षीया नन्दि वली, ४२ वर्षीया पिलि डाँगी, १८ वर्षीया चन्दा भण्डारी र ३२ वर्षीय मदन भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । घाइतेहरुको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको उहाँको भनाई छ । जिपका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । जिपको ब्रेक फेल भई सडकमा पल्टिएको थियो ।





.jpg)