ट्रेण्डिङ

होमपेज / समाज

कुपिण्डे तालमा डुबेर महिलाको मृत्यु

  सल्यान खबर डेस्क २०८१ जेठ १० गते बिहीबार १४:१५:०८ मा प्रकाशित

जेठ १०,सल्यान 
सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के आरामेलटाकुराकी ३० वर्षीया कमला कुवरको विहिबार विहान  कुपिण्डे तालमा डबेर मृत्यु भएको हो । 

कुवर विहिबार बिहानै बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको कुपिण्डेताल नजिकै रहेको बराह मन्दिरमा पुजा गर्न गएकी थिइन । तालमा डुबेकी  कुवरलाई आफन्त र स्थानीयले उद्धार गरेका थिए । उद्धार पछि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले बताउनु भयो । घटनाको थप अनुसन्धान भई रहेको र मृत्यु भएकी महिलाको शव जिल्ला अस्पताल सल्यानमै पोष्टमार्टमको लागि राखिएको प्रहरीको भनाई छ   ।  

 ताल नजिकै रहेको बराह मन्दिरमा पुजा गर्न गएकी कवर नुहाउने क्रममा देउता चढ्यो भन्दै गहिरो भाग तिर गएपछि डुबेको स्थानीयको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top