ट्रेण्डिङ

होमपेज / समाज

राम्री – कपुरकोट सडक दैनिक ९ घण्टा बन्द हुने

  सल्यान खबर डेस्क २०८१ जेठ ९ गते बुधबार १८:२९:१३ मा प्रकाशित

 राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको छ ।
बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म र साँझ  ९ बजेदेखि राति १२ बजेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो । सडक बन्द जेठ ११ गतेदेखि जेठ २० गतेसम्म हुने छ ।

सडक चौडा गर्नका लागि राम्रीदेखि कपुरकोट सम्मको विभिन्न स्थानमा व्याक कटिङ गर्नुपर्ने भएकाले गर्नुपर्ने अवस्था आएको डिभिजनले जनाएको छ ।  राम्री– कपुरकोट सडक बन्द भएको समयमा पैयाँखोरे सातबास किमुचौर हुँदै कपुरकोट सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top