होमपेज / समाज
जेठ ६,सल्यान
सल्यानमा मोटरसाइकल र स्कोरपियो गाडी एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सल्यान शारदा नगरपालिका १ पटनेरी स्थित खलंगा श्रीनगर सडकखण्डमा श्रीनगर देखि खलंगा तर्फ जाँदै गरेको रा ७ प २४१७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा १६ च ५५५० नम्बरको स्कोरपियो आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका १ उनवाङ बस्ने १९ वर्षीय प्रेम क्षेत्री र मोटरसाइकल पछाडी सवार सोही ठाउँका ३१ वर्षीय राकेश क्षेत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
घाइते दुवैको श्रीनगर स्थित सल्यान कर्णाली अस्पतालमा उपचार भइरहेको र प्रेमको अवस्था मध्यम रहेको छ भने राकेशको अवस्था सामान्य रहेको उहाँको भनाई छ ।
स्कोरपियो, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।





.jpg)