ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चट्याङ पर्दा ८ पशु चौपाया मरे

  सल्यान खबर डेस्क २०८१ बैशाख २६ गते बुधबार १३:४५:०२ मा प्रकाशित

बैशाख २६, सल्यान ।

सल्यानमा गएराति गोठमा चट्याङ पर्दा ८ पशु चौपाया मरेका छन् । राति करिब १० बजे बन्गाड कुपिण्डे नगरपालिका-५ मैनेनीका लालबीर पुनको गोठमा चट्याङ पर्दा बाँधेर राखेका ८ वटा पशु चौपाया मरेका हुन् ।

राति परेको चट्याङबाट पुनका एक गोरु, दुई गाई, चार बाख्रा र एक बोका मरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । ८ पशु चौपाया मर्दा १ लाख १५ हजार बराबरको क्षति भएको उनले जानकारी दिए ।

लालबीर पुनले पशुपालन गरेर जिविकोपार्जनका लागि नुनतेलको जोहो गर्दै आएका थिए । चट्याङले गाईगोरु र बाख्रा मरेको आफूले बिहान मात्र थाहा पाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top