ट्रेण्डिङ

होमपेज / समाज

सल्यान बस दुर्घटना अपडेटः २२ घाइते (घाइतेको विवरण सहित)

  सल्यान खबर डेस्क २०८१ बैशाख ५ गते बुधबार १३:१०:०६ मा प्रकाशित

वैशाख ५,सल्यान 
सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या २२ पुगेको छ। बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोला पुलबाट बस खोलाबाट खसेको थियो ।  

बस दुर्घटनमा परी घाइते हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ४ का ४६ वर्षीय (गाडी धनी) विष्णु विक., रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, दाङ तुलसीपुर उ.म.पा १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङ नारायणपु नगरपालिका १० की ३६ वर्षीया दिल कुमारी गौतम , दाङ रक्षाचौरकी २६ वर्षीया खिमा विक.,तुलसीपुर उ.म.न.पा ६ का ३४ वर्र्षीय बस चालक पूर्ण शम्शेर जबरा,  तुलसीपुर उ.म.न.पा ७ पर्सेनीकी ४९ वर्षीया ठगि बुढा, ४७ वर्षीया मुम्भ कुमारी बुढा, रुकुम चौरजहारी नगरपालिका २की २२ वर्षीया पुष्पा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

यस्तै सल्यान शारदा नगरपालिका ५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका १५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ को ६ वर्षीय रेशम मगर, रुकुम चौरजहारी नगरपालिका ९ का २९ वर्षीय उमेश मल्ल रहेका छन् 

त्यस्तै रुकुम सिस्ने गाउँपालिका ६ की ११ वर्षीया अरुणा गौतम, रुकुम बाफीकोट गाउँपालिका १ का १४ वर्षीय निश्चल हमाल, सल्यान बागचौर नगरपालिका २ की ललिता बस्नेत, शोही ठाउँका २५ वषीृय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ३१ वर्षीय विरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका १ का १७ वर्षीय विर बहादुर बस्नेत, त्रिवेणी गाउँपालिका ६ का ३३ वर्षीय बसन्त जंग क्षेत्री र रोप्ला रन्टीगढी गाउँपालिका ५ का २५ वर्षीय रञ्जित विक रहेका छन् । 
दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित पुलबाट खसेको थियो । 

दुर्घटनामा परी वि.क, पुन, चौधरी र गौतमको अवस्था गम्भीर रहेको र उनीहरुको उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जनाकारी दिनु भयो ।  । बाँकी मध्यम र सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top