ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बस दुर्घटना हुँदा १४ घाइते, चारको अवस्था गम्भीर

  सल्यान खबर डेस्क २०८१ बैशाख ५ गते बुधबार १२:४०:०८ मा प्रकाशित

 वैशाख ५,सल्यान 
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्  । बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङ  खोलामा दुर्घटना भएको हो ।

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् । 
गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ ।उद्दारको काम भर्खर सकिएकाले घाइतेहरुको विवरण संकलनको काम भइरहेको प्रहरीको भनाई छ । 

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्  । बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङमा दुर्घटना भएको हो ।

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् । 

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ ।उद्दारको काम भर्खर सकिएकाले घाइतेहरुको विवरण संकलनको काम भइरहेको प्रहरीको भनाई छ । 
 
प्रतिक्रिया

सम्बन्धित खवर

Top