होमपेज / समाज
सल्यान, ३ बैशाख ।
सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दाङबाट सल्यान कपुरकोट गाउँपालिकाको फालावाङ तर्फ आउँदै गरेको रा १ ज ६०५ नम्बरको जिप कपुरकोट गाउँपालिका ४ सिमचौर नजिकै दुर्घटना भएको हो । सडकमै बेलुका साढेँ ६ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाईते हुनेमा त्रिबेणी गाउँपालिका ४ बस्ने अन्दाजी २३ वर्षीया संजिता शिरिस मगर, कपुरकोट गाउँपालिका ४ गाडापानी बस्ने अन्दाजि २७ बर्ष कि रिता बिक, सोही ठाउँ निबासी अन्दाजी ५८ वर्षीयाा देवि बिक, घोराही उपमहानगरपालिका ५ बस्ने २६ वर्षीया पुजा घर्ती, सोही ठाउँ बस्ने अन्दाजी ७ बर्षका रिजन पुन रहेका छन् । घाइते सबैको आधारभूत अस्पताल कपुरकोटमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाईतेको अवस्था सामान्य छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





.jpg)