ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा यात्रु बहाक बस दुर्घंटना, तीन घाइते

  सल्यान खबर डेस्क २०८१ बैशाख २ गते आइतबार १५:१९:२९ मा प्रकाशित

वैशाख २,सल्यान 
सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कुमाख गाउँपालिका ३ गुर्दासेबाट सल्यान श्रीनगर आउँदै गरेको ना  ख ५३१३ नम्बरको बस कुमाख गाउँपालिका ३ को भित्रि सडकखण्डमा आइतबार बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा परी सल्यान कुमाख गाउँपाकिला ३ गुर्दासेका २५ वर्षीय हस्त राना, १८ वर्षीया युमना सिंह र ७३ वर्षीय भूमि सिहं रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपअचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो । 

बसमा ९ जना सवार रहेको र अनियन्त्रित भइ सडकमा पल्टिएकोे थियो । चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top