ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिप दुर्घटना हुँदा दुई जना घाइते

  सल्यान खबर डेस्क २०८० चैत्र ३० गते शुक्रबार १५:३६:४० मा प्रकाशित

चैत ३०,सल्यान 
सल्यानमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । रोल्पाको कोइलादेखि तुलसीपुर दाङ जाँदै गरेको लु १ ज २०८४ नम्बरको जिप कपुरकोट गाउँपालिका ५रिममा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी कपुरकोट गाउँपालिका ६ डाग्रिकी ३२ वर्षीया मिना बुढा र ३५ वर्षीया दुर्पटा विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते मिना बुढाको नेपालगञ्ज नसिंङ होममा र विक.को तुलसीपुरमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी रिममा जीवन थापाले जानकारी दिनु भयो । 
पट्टा भाँचिदा जिप सडकमै पल्टिएको थियो । जिपमा चालक सहित ८ जना सवार रहेका थिए । जिप र जिप चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top