ट्रेण्डिङ

होमपेज / समाज

सल्यान रुकुम यातायात प्रा.लि द्धारा इलेक्ट्रिक चुलो वितरण

  सल्यान खबर डेस्क २०८० चैत्र २८ गते बुधबार १६:४०:०१ मा प्रकाशित

चैत २८,सल्यान 
सल्यान रुकुम यातायात प्रालिले यातायात व्यवसायीहरुलाई इलेक्ट्रिक चुल्हो बितरण गरेको छ ।

नयाँ बर्ष २०८१ साल र चैत दशैको अवसरमा गाडी व्यवसायीसँग शुभकामना आदानप्रदान प्रदानका साथमा इलेक्ट्रिक  चुल्हो बितरण गरेको सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राइले जानकारी दिनु भयो । उहाँले स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्न र विद्युतीय सामाग्री प्रयोगबाट देशको आर्थिक अवस्थामा सुधार हुने भएकाले उक्त कार्य प्रभावकारी भएको बताउनु भयो । छिटो छरितो रुपमा खाना पकाउन,पारिवारिक खर्चमा कमि ल्याउन र धुवा रहित तरिकाले खाना पकाउनको लागि उक्त चुलो उपयुक्त भएकाले ब्यवसायीलाई बितरण गरेको अध्यक्ष राइको भनाई छ ।

कार्यक्रम सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राईको अध्यक्षता,शारदा नगरपालिका वडा नं।१ का वडा अध्यक्ष प्रदिप कुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो भने ,प्रालिका सन्चालक समिति सदस्य राम बहादुर खड्का, रन्जित कुमार राई,यादव हमाल,सल्लाहकार सदस्यहरु दामोदर रेउले,राजेश विक,कार्यालय प्रमुख तीर्थराज धिताल लगायत गाडी व्यवसायी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रालिले नयाँ बर्ष र चैते दशै अवसरमा  इलेक्टिक चुलो दिएकोमा आफुहरु खुसी भएको गाडी व्यवसायी आनन्द कुमार श्रेष्ठले बताउनु भयो ।उहाँले प्रालिले आगामी दिनमा पनि व्यवसायीको पक्षमा यस्तै सकारात्मक काम गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top