ट्रेण्डिङ

होमपेज / समाज

सल्यान त्रिवेणीका कृषक समूहलाई बाख्रा वितरण

  सल्यान खबर डेस्क २०८० चैत्र २६ गते सोमबार १६:०६:२८ मा प्रकाशित

चैत २६,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले बाख्रा पालन समूहलाई बाख्रा वितरण गरेको छ । स्थानीयको आयआर्जनमा वृद्धि गर्नुका साथै मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाका तीन पकेछ समूहलाई बाख्रा वितरण गरिएको हो । 

बाख्राको साना व्यवसायिक पकेट बिकास कार्यक्रम निरन्तरता अन्तर्गत ३ वटा पकेट समुहमा ३ वटा स्थलगत बाख्रापालन तालिम, ३२ वटा माउ बाख्रा, ५ वटा सिरोही जातका उन्नत बोका, ३ वटा खोर सुधार, १ वटा प्लास्टिक डिपिंग ट्यांक, औषधी, मिनिरल लगाययतका सामाग्री  वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाले जनाएको छ । 

कार्यालयका अनुसार वडा नम्बर २ को समाज सुधार कृषि समुह, वडा नम्बर ४ को प्रगति कृषि तथा पशुपन्छी समुह र वडा नम्बर ५ को उपहार सामाजिक उद्यमी महिला सस्थालाई बाख्रा वितरण गरिएको हो । संघिय सरकारको ७ लाख २ हजार ससर्त अनुदानबाट यो कार्यक्रम संचालन भएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो ।  

वडा नम्बर ४ को प्रगति कृषि तथा पशुपन्छी समुहमा २१ वटा माउ बाख्रा , औषधी, मिनिरल, बाख्राको बिमा गरिएको छ । भने वडा नम्बर २ को समाज सुधार कृषि समुहमा ११ वटा माउ बाख्रा, ३ वटा खोर सुधार, १ वटा प्लास्टिक दिपिंग ट्यांक, औषधि,मिनिरण वितरण, बाख्राको बिमा  गरिएको रावतको भनाई छ । 
वडा नम्बर ५ को उपहार सामाजिक उद्यमी महिला सस्थामा भारतबाट आयात गरिएका ५ वटा सिरोही जातका उन्नत बोका वितरण, पशु स्वास्थ्य शिविर, बाख्राको बिमा कार्यक्रम संचालन भएको हो । 
बाख्रा पालनबाट किसानहरूको आर्थिक जीवनस्तर माथि उठाउनका लागि व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्ने पालिकाको योजना रहेको रावतले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top