ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा आगलागी हुँदा झन्डै दुई करोड बराबरको क्षति

  सल्यान खबर डेस्क २०८० चैत्र २५ गते आइतबार १८:०३:३२ मा प्रकाशित

चैत २५,सल्यान 
सल्यानका दुई छुट्टा छुट्टै स्थानमा भएको आगलागीबाट दुई करोड बराबरको क्षति भएको छ । गएराती बागचौर नगरपालिकाका पाँच पसलमा आगलागी हुँदा दुई करोड बराबरको क्षति भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका ११ रातामाटामा कमल वलीको कपडा र डेन्टल पसल, गणेश वलीको घुम्ती पसलमा रहेको किराना पसल र मोटरसाइकल ग्यारेजमा विद्युत तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट पसलहरु पूर्ण रुपमा नष्ट नष्ट हुँदा एक करोड ७५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 

यस्तै गएराती नै बागचौर नगरपालिका ७ टाट्केमा चुडामणि वलिको कपडा र खुद्रा पसलमा विद्युत तार सर्ट भई  आगलागी हुँदा तीन कोठामा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट वलीको १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top