होमपेज / समाज
चैत २१,सल्यान
सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन् । खलंगा श्रीनगर सडकखण्ड अन्तर्गत शारदा नगरपालिका २ हस्पिटल मोडमा रा ५ प २५५३ र रा ७ प १४८२ नम्बरको मोटरसाइलकल एक आपसमा ठोकिएका हुन ।
ठक्करबाट सल्यान बागचौर नगरपालिका ३ का १९ वर्षीय उज्वल भण्डारी, शारदा नगरपालिका २ का २४ वर्षीय मनिष श्रेष्ठ र श्रेष्ठको मोटरसाइकलको पछाडी सवार शारदा नगरपालिका १५ का १६ वर्षीय रुपेश भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइतेहरुको सामान्य उपचार पश्चात थप उपचारका लागि तीनै जनालाई मेडिकल कलेज कोलहपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । दुवै मोटरसाइकल नियन्त्रणमा लिएको उहाँको भनाई छ ।





.jpg)