होमपेज / समाज
चैत १८,सल्यान
सल्यान प्रहरीले अवैध सल्लाको काठ सहित चार ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । सल्यान शारदा नगरपालिका २ खलंगा बजार हुँदै श्रीनगर लिदै गरेको ५६ थान सल्लाको गोलिया सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले रा १ त २२४१, लु अ अ सा २१२, रा १ त १२२९ र रा १ त ४३३९ नम्बरको ट्याक्टरलाई काठ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ पर्नेमा ट्याक्टर चालक केशर पुन, सागर वली, युवराज गिरी र दिनेश श्रेष्ठ रहेका छन् ।
विशेष सूचनाको आधारमा काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको उहाँको भनाई छ । ५६ थान गोलिया, चार ट्क्याटर र ट्क्याटर चालकलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सल्यानमा बुझाइएको धमलाको भनाई छ ।





.jpg)