ट्रेण्डिङ

होमपेज / समाज

सवारी ज्यान मुद्याका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

  सल्यान खबर डेस्क २०८० चैत्र ६ गते मंगलबार १९:०१:३८ मा प्रकाशित

चैत ६,सल्यान 
सल्यान प्रहरीले सवारी ज्यान मुद्याका फरार अभियुक्तलाई पाँच वर्षपछि पक्राउ गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका का ३८ वर्षीय हेमराज कामीलाई पक्राउ गरेको हो । 

२०७५ जेठ ३१ गते सल्यान कुमाख गाउँपालिका ६ दारिमपाखा स्थित थारमारे चौरजहारी कच्ची सडकखण्डमा कामीले चलाएको रा १ त ७४८ नम्बरको ट्याक्टरले बाटोमा हिडि रहेका पैदल यात्रीलाई ठक्कर दिएका थियो । ट्याक्टरको ठक्करबाट कुमाख गाउँपालिका ७ का अन्दाजी ६७ वर्षीय बलविर मिजार (सार्की) घटनास्थलमै र  र वडा न ६ की ५० वर्षीया बिर्मा बुढाथोकीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । 

घटना भएको दिनदेखि फरार भएका कामीलाई खोजतलास तथा बुझ्दै जाने क्रममा आफ्नै घरमा बसी रहेको भन्ने सूचनाको आधारमा कामीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । इलाका प्रहरी कार्यालय होलेरी रोल्पाको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको उहाँको भनाई छ । कामीलाई जिल्ला अदालत सल्यानबाट तीनदिनको म्याद थप गरि जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी अनुसन्धान अघि बढाई रहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top