होमपेज / समाज
चैत ४,सल्यान
सल्यान प्रहरीेले बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सल्यान कुमाख गाउँपालिका १ का ३२ वर्षीय विरेन्द्र कमार चन्दलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
२०८० जेठ १७ गते सिता वि.कले चन्द विरुद्ध बैकिङ कसुरले परेको थियो । उनलाई गाउँबाटै शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । आवश्यक कारवाहीका सल्यान जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको उहाँको भनाई छ ।
पक्राउ परेका चन्द बाँकेमा बुहविवाह मुद्यामा पक्राउ परी धरौटीमा छुटेका थिए ।





.jpg)