होमपेज / समाज
राम प्रसाद शर्मा चैत २,सल्यान
सल्यानको दार्मा गाउँपालिकाले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । स्थानीय तहमा गुनासो सुनुवाई कार्यविधि २०७७ बमोजिम पैसा नलाग्ने टोल फ्रि नम्बर स्थापना गरेको हो ।
जनताको गुनासो सुन्न गाउँपालिकाले टोल फ्रि नम्बर सञ्चालनमा ल्याई गुनासो सुन्ने र सम्वोधन गर्ने मुख्य उद्देश्य रहेको छ। नेपाल टेलिकमबाट प्राप्त १८१०५००००६४ नम्बरको टोल फ्रि नम्बर गुनासो सुन्नका लागि संञ्चालनमा आएको दार्मां गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृत रेशम ओलीले जानकारी दिनु भयो ।
स्थानीय सरकार सञ्चालनमा सल्लाह सुझाव जिज्ञासा गुनासो तथा समस्या भएमा सिधै निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न पालिकावासीलाई आग्रह गर्नु भयो । उहाँले स्थानीय सरकारको गतिशीलता, पारदर्शिता, जवफदेहीता सुशासनका लागि पहिलो निर्णय अनुरूप निःशुल्क टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको बताउनु भयो ।
स्थानीय तहको नीति तथा कार्यक्रम ल्याउनु पूर्व कस्ता खालका योजना ल्याउँदा जनतामुखी हुने भन्ने विषयमा गुनासो टिपाउन आग्रह गरिएको छ । टोल फ्रि बाट आएका गुनासो सम्बोधन गर्न आवश्यक जनशक्ति समेत व्यवस्थापन गरिएको ओलीको भनाई छ । जनता र स्थानीय सरकारबीच गुनासो सुन्ने र सम्बोधन गर्ने परिपार्टीको विकास भए सम्बन्ध प्रगाढ हुने विश्वास लिइएको छ ।





.jpg)