ट्रेण्डिङ

होमपेज / समाज

सल्यान त्रिवेणीका सुनौलो हजार दिनका ८८६ आमालाई कुखुरा वितरण

  सल्यान खबर डेस्क २०८० फाल्गुण २७ गते आइतबार १८:०९:४९ मा प्रकाशित

फागुन २७,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले सुनौलो हजार दिनका ८८६ आमालाई कुखुरा वितरण गरेको छ ।
 बहुक्षत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिका भित्रका सुनौलो हजार दिनभित्रका आमालाई कुखुरा, तरकारीको विउ, पानी चार्ने हजारी, कुखुराको दाना र औषधी वितरण गरेको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । उहाँका अनुसार वडा न १ का १९७, वडा न २ का ९८, वडा न ३ का १८०, वडा न ४ का ११६, वडा न ५ का १३० र वडा न ६ का १६५ गरी ८८६ जना आमालाई ३ हजार २ सय कुखुरा, ४५० किलो दाना वितरण गरिएको छ । 
आमाको पोषणमा सुधार गर्न भन्दै ८ हप्ते न्यु हेम्पसायर र ब्ल्याक अस्ट्रोलोप जातका कुखुरा वितरण गरिएको उहाँको भनाई छ । 

गर्भ रहेको र सुत्केरी भएको अवस्थामा पोषिलो खानेकुराको आवश्यकता बढी पर्ने त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।  त्यस अवस्थामा पोषणयुक्त खानेकुरा नपाए आमा र बच्चा दुवैलाई कुपोषण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुखुरा वितरण गरिएको उहाँको भनाई छ । 

अण्डामा धेरै पोषकतत्व हुने भएकाले गर्भवती र सुत्केरी आमा तथा बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरामा ध्यान दिन सकुन भनेर कुखुरा र तरकारीको विउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले बताउनु भयो । खास गरेर आमा र बच्चा दुवैमा कुनै किसिमको कुपोषण देखा नपरोस् भन्ने गाउँपालिकाको लक्ष्य रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top