ट्रेण्डिङ

होमपेज / समाज

आर्थिक अभावमा सल्यान बनगाडकी धनसराको उपचारमा समस्या 

  सल्यान खबर डेस्क २०८० फाल्गुण २५ गते शुक्रबार १६:०१:२२ मा प्रकाशित

इन्द्र बुढाथोकी  फागुन २५,सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिका ६ चौतारा निवासी ३६ वर्षकी धनसरा सुनारको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएकोे छ । विगत लामो समय देखि नसा सम्बन्धी रोगबाट ग्रसित धनसरा सुनारको आर्थिक नहँुदा अप्रेसन रोकिएको छ । 

सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोगका लागि अपिल गरेर ४ लाख ५० हजार रुपैयाँ सङ्कलन भएको र अहिलेसम्म त्यही रुपैयाँले उपचार भएको धनसरा सुनारले बताउनु भयो । दुई वटा अप्रेसन भए ती दुई वटा अप्रेसनमा औषधि खर्चमा मात्र सबै पैसा सकिएकाले  बाँकी खाना र बेडको खर्च दिन बाँकी रहेको उहाँले बताउनु भयो ।
 अझै ३ वटा अप्रेसन गर्न बाकी नै रहेको पैसा नभएकोले अप्रेसन समेत रोकिएको सुनारको भनाई छ । धेरैले सहयोग गर्नु भयो उहाँहरुको सहयोगले नै उपचार भएकोमा धन्यवाद दिदै सवैको सहयोगले यति भएपनि उपचार गर्न सके अझै अब झन उपचार गर्ने पैसा नहुँदा अस्पतालमा नै बस्न पनि गाह्रो भएको उहाँको भनाइ रहेको छ । काठमाडौ स्थित टिचिङ्ग अस्पताल महाराजगन्जमा उँहाको उपचार भई रहेको छ । 

बिगत केहि बर्ष देखि नसा सम्बन्धि रोगबाट ग्रसित भएकी धनसरा सुनारको ढाड र खुट्टाको नसा च्यापिएर ६ महिना देखी हिडडुल समेत गर्न सक्ने हुनु भएको छ । उहाँले भन्नु भयो उपचार सुरुमा नेपालगन्ज मेडिकल कलेज,  हुदै राष्ट्रिय ट्रमा सेन्टर पुरानो बानेश्वर, प्राकृतिक उपचार केन्द्र मध्यबानेश्वरमा रहेको हिमालयन प्राकृतिक योगा केन्द्र, अन्नपूर्ण न्युरो हस्पिटल लगायत धेरै ठाउँमा उपचार गरे तर केही पनि सुधार भएन र स्वास्थ्य झन बिग्रिदै गयो र बायाँ खुट्टा चल्न छोडेको छ ।  
डाक्टरले ढाड कम्मर  र खुट्टामा गरि ४÷५ ठाउमा अप्रेसन गर्नु पर्ने  सल्लाह दिएको तर आफूसँग पैसा नहुँदा समस्या भएको उहाँको भनाई छ । 
सहयोगको लागि खाता नम्बर :-  
Bank :- Laxmi sunrise Bank 
Account Number :-  06920023783
Account Name :- Dhansara Sunar
Mobile banking :- 9866871556


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top