ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिका ८ आफ्नै भवनमा  

  सल्यान खबर डेस्क २०८० फाल्गुण २३ गते बुधबार २१:४७:३१ मा प्रकाशित

इन्द्र  बुढाथोकी  फागुन  २३ सल्यान

सल्यान नगाड कुपिण्डे नगरपालिका ८ न वडा कार्यालयको नवनिर्मित भवन बुधबार उद्घाटन नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गर्नु भएको छ ।

 नगरपालिका यो  भवन उद्घाटन वडा पहिलो भएको र विस्तारै सबै वडामा कार्यालय हुने बताएको छ् । विगत वडा कार्यालयहरु भाडामा चल्दै आएको थियो । अब दैनिक कामकाज सहज सजिलो हुने बताउनु भएको छ ।

दैनिक नयाँ ठाउमा विकास माग्नु भन्दा भएको विकासको लागि दीर्घकालीन हुने गरेर काम गर्नु पर्ने नगर प्रमुख बुढाथोकीले बताउनु भएको छ अब छिटै ७ न वडा कार्यालय उद्घाटन गर्ने र अहिले थप ४ वटा वडा कार्यालय बन्दै गरेको त्यो यो वर्ष उद्घाटन गर्ने सबै वडामा आफ्नै भवनबाट सेवा सुचारु हुने गरेर अगाडि बढेको समेत बताउनु भएको छ । 

आर्थिक वर्ष २०७९/२०८० नगरपालिका बाट विनियोजित बजेट स्वर्णिम स्वस्तिका कन्स्ट्रक्सन एन्ड सप्लायर्सले ७८ लाख ३० हजार रुपैया भ्याट बाहेकमा शौचालय सहित ६ वटा कोठा भएको असार मसान्तमा भवन निर्माण गरिएको निर्माण व्यवसायी छबिलाल विकले बताउनु भएको छ ।

उद्घाटन कार्यक्रम नगर उप प्रमु पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, ९ न वडा अध्यक्ष रुद्र परियार,  योजना अधिकृत धर्मराज ढकाल, स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल, कार्यपालिका सदस्य, वडा सदस्य, राजनिती दल लगाएतको स्थानीय झाकी सहित स्थानीयको उपस्थितमा कार्यालय उद्घाटन गरिएको छ । ८ न वडा अध्यक्ष कुलबहादुर पुरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वडा सचीव जानकी उपाध्यायले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top