ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको त्रिवेणीमा भएको पशु स्वास्थ्य शिविरमा १३ हजार बढी पशुपंक्षीको उपचार

  सल्यान खबर डेस्क २०८० फाल्गुण २३ गते बुधबार १७:३५:१५ मा प्रकाशित

फागुन २३,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क पशु स्वास्थ्य शिविरमा १३ हजार बढी पशुपंक्षीको उपचार तथा औषधी वितरण गरिएको छ । 
पालिकाका चार स्थानमा भएको शिविरमा ५८१ किसानका १३ हजार ६ सय १२ पशुपंक्षीको निःशुल्क उपचार तथा औषधी वितरण गरिएको हो । 

त्रिवेणी गाउँपालिका १ गुनाफालामा भएको शिविरमा ११२ किसानका गाई गोरु १६०, भैसी १५, बाख्रा १०४७, कुखुरा १०६१, र बंगुर ५ गरी २ हजार २ सय ८८ तथा डे«न्चिगं बाख्रा २५०, कुकुरलाई रेविज विरुद्धको खोप २६ र ४ वटा बोकाको बन्ध्याकरण गरिएको त्रिवेणी गाँउपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनु भयो । 
यस्तै वडा न ३ को पिमखोलामा भएको शिविरमा गाई गोरु १२५, भैसी ५८, बाख्रा १०१०, कुखुरा १३६९ र बंगुर २ गरी २५६४ पशुपंक्षीको उपचार गरिएको छ । वडा न ६ को भम्केज्युलामा भएको शिविरमा १२६ गाई गोरु, ६ भैसी, ९६४ बाख्रा, १५८२ कुखुरा र बंगुर २ गरी २६८० को उपचार गरिएको छ । 

यस्तै वडा न ४ को फलाबाङमा भएको शिविरमा २३२ किसानका २८५ गाई गोरु, २६ भैसी, २२९२ बाखा, २८१९ कुखुरालाई निःशुल्क उपचार तथा औषधी वितरण गरिएको रावतले बताउनु भयो । 
दुर्गम भेगमा पशु सेवा शाखाको सेवा विस्तार तथा पशुपंक्षीको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top