ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एक घरमा आगलागी हुँदा दुई लाख बढीको क्षति 

  सल्यान खबर डेस्क २०८० फाल्गुण १८ गते शुक्रबार १६:३७:४१ मा प्रकाशित

 फागुन १८,सल्यान 
सल्यानमा आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ सातामारेका ५२ वर्षीय कासिराम वलीको घर जलेर नष्ट भएको हो । 

शुक्रबार बिहान घर नजिकै फोहोर जलाउने क्रममा हावा लाग्दा आगोको झिल्काले खानेघरमा टिप्दा आगलागी भएको छत्रेश्वरी गाउँपालिका ५ का वडाध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिनु भयो ।  आगलागी हुँदा घर भित्र रहेका अन्तपात, लत्ताकपडा जलेर नष्ट भएको उहाँको भनाई छ । 

स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएपनि घरभित्रका कुनै सामान बचाउन नसकिएको उहाँको भनाई छ । आगलागीबाट दुई लाख बढीको क्षति भएको उहाँले बताउनु भयो । वली एक्लै घरमा बस्दै आइरहनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top