होमपेज / समाज
फागुन १७,सल्यान
सल्यानमा चालु आर्थिक वर्षको ८ महिनामा ५० सवारी दुर्घटना भएका छन् । जसबाट १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ पुरुष, ५ महिना र १ बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका वरिष्ठ प्रहरी हवल्दार दीपक बोहराले जानकारी दिनु भयो ।
आठ महिनाको बिचमा ४६ जना गम्भीर घाइते भएका छन् भने ९५ जना सामान्य घाइते भएको उहाँको भनाई छ । चालु आ.वको साउन देखि फागुन १५ सम्म २० मोटरसाइकल, बस, जिप कार, ट्याक्टर समान ६÷ ६ वटा, ट्रक ४ र अन्य ८ गरी ५० सवारी साधन दुर्घटना भएको बोहराले बताउनु भयो ।





.jpg)