ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिप र मोटरसाइकल ठोक्किदा दुई जना घाइते

  सल्यान खबर डेस्क २०८० फाल्गुण १५ गते मंगलबार २१:०२:०५ मा प्रकाशित

फागुन १५,सल्यान 
सल्यानमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका ६ लान्तिमा मोटरसाइकल र जिप ठोक्किदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन । 

लुहामबाट श्रीनगर आउँदै गरेको लु २ च ३१२ जिपले विपरित दिशाबाट गइरहेको रा ६ प ९८४४ मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट मोटरसाइकल चालक छत्रेश्वरी गाउँपालिका ६ का अन्दाजी २५ वर्षीय जीवन राज खड्का र शारदा नगरपालिका २ जोगिदेउखोला निवासी २८ वर्षीय शुसिल श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते खड्कालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अर्का घाइतेको श्रीनगर स्थित परोपकार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । ठक्कर दिने जिप, जिप चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top