ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतको जामुनेबजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८० फाल्गुण १३ गते आइतबार २१:३१:३१ मा प्रकाशित

फागुन १३,सल्यान 
सुर्खेत सिम्ता गाउँपालिका-६ को जामुने बजारमा आइतबार साँझ मोटरसाइकल र ट्याक्टर ठोकिदा वाइकमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 
  जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने बजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरको ट्याक्टर वजारमै एकआपसमा ठोकिएका थिए । 
ठोकिदा मोटरसाइकलमा सवार सुर्खेत वीरेन्द्र नगरपालिका वडा ३ निवासी वर्ष २९ का विजय रानाको घटना स्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालक वीरेन्द्र नगरपालिका १ निवासी वर्ष २३ का रुपेश गिरीको अवस्था भने चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय  वादेपिपल राकमले बताएको छ । उपचारका लागि गिरीलाइ अहिले सुर्खेत लगिएको छ । ट्याक्टर , ट्याक्टर चालकलाई  प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top